पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
सारांश
- ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ ।
- कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए ।
- उनका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो ।
४ वैशाख, काठमाडौं ।
ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई २५ हजार जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराएको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए ।
उनका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउनको लागि ल्याएको जारमा किरा भेटिएको थियो । जारमा किरा भेटिएको गुनासोपछि महानगर प्रहरी बलले तत्काल निरीक्षण गरेर जरिवाना तिराएको हाछेथूले बताए । पछिल्लो समय उपत्यकाका नगरहरुले पिउने पानीको जार, बोत्तलमा गुनासो आएमा तत्काल एक्सन लिइरहेका छन् भने जारको गुणस्तरमा पनि अनुगमन गरिरहेको छ ।



प्रतिक्रिया