असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
२० पटक हेरिएको
Shares
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?

सारांश

  •   बैंकहरुले असारमा लागू हुने नयाँ ब्याजदर घोषणा गरेका छन्।
  • बैंकहरुले जेठ ३१ सूचना सार्वजनिक गर्दै असारका लागि ब्याजदर घोषणा गरेका हुन्।
  • असारका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

३१ जेठ, काठमाडौँ । 

बैंकहरुले असारमा लागू हुने नयाँ ब्याजदर घोषणा गरेका छन्। बैंकहरुले जेठ ३१ सूचना सार्वजनिक गर्दै असारका लागि ब्याजदर घोषणा गरेका हुन्। असारका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाएर कुमारी बैंकले ५.९१ बाट ५.७१ प्रतिशतमा, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशतमा, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशतमा झारेका हुन् ।

त्यस्तै, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशतमा र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा कायम गरेका छन्। यसैगरी असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा १४ वाणिज्य बैंक रहेका छन् । जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए।

यी बैंकले असारका लागि पनि यही ब्याजदर  निर्धारण गरेका हुन्। राष्ट्रियस्तरका विकास बैंकहरुमा एक बैंकले ब्याजदर बढाउँदा एकले भने बढाएको छ । जसमा सांग्रिलाले भने ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ। यस्तै, राष्ट्रियस्तरका ६ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सुचनाअनुसार कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल