Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
३६१ पटक हेरिएको
Shares
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु

सारांश

  • सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन्।
  • उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

१८ साउन, सर्लाही।

सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन्। उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए।

उनका अनुसार मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रक ठक्कर दिएपछि पश्चिमतर्फ फरार भएको थियो। घटनापछि ट्रकको खोजीका लागि इलाका प्रहरी कार्यालय कर्मैयालाई सूचना दिइएको र खोजतलासका क्रममा बिहान करिब ७ः३० बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रहरीले बारा जिल्लाको कोल्बी नगरपालिका–१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखेको जनाएको छ। दुर्घटनामा संलग्न साइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको डीएसपी गौतमले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
सतुङ्गलको कपडा पसलमा आगलागी
सतुङ्गलको कपडा पसलमा आगलागी
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ
लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ