शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सारांश

  • पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित रामदेनी तिवारी आधारभूत विद्यालयका शिक्षक चन्देशकुमार चौहानविरुद्ध मुद्दा दायर भएको छ ।
  •  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
  • चौहानले २०६० मंसिर ५ गते निमावि तृतीय श्रेणीअन्तर्गत अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति पाएका थिए ।

२६ जेठ, पर्सा ।

पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित रामदेनी तिवारी आधारभूत विद्यालयका शिक्षक चन्देशकुमार चौहानविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

चौहानले २०६० मंसिर ५ गते निमावि तृतीय श्रेणीअन्तर्गत अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति पाएका थिए । तर, नियुक्तिका क्रममा उनले पेश गरेको अंग्रेजीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्र झुट्टा रहेको पाइएको अख्तियारको ठहर छ । अदालतमा दायर अभियोग पत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएर लाभ, ओहोदा र सुविधा लिएको जिकिरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?