पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सारांश

  • कार्यक्रम मानव केन्द्रित जन अभियानको पूर्व अध्यक्ष कृष्ण गौतमको सभाध्यक्षता ताथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
  • कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले अहिलेको अवस्थामा हामी सबैले एक अर्कालाई इज्ज साथ अगाडि नबढेमा समाज कमजोर हुँदै जाने बताउनुभयो ।
  • नेपाली जनताहरु सँग धेरै सिपहरु , ऐतिहासिक कुराहरु , धेरै ज्ञान भएता पनि सहि ढङगले उपयोग गर्न नसकेको कुरालाई नगर प्रमुख लामाले औँल्याउनुभयो ।
प्रमोद सहनी
हेटौंडाः प्राकृति मानव केन्द्रित जन अभियान नेपाल , बागमती प्रदेश समिति मकवानपुर , तथा हेटौंडा उपमहानगरपालिकाको संयुतm आयोजनामा शुक्रबार हेटौडाको पशुपति मन्दीरको सभाहलमा पर्यावरणीय संरक्षणमा मानव जातिको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम मानव केन्द्रित जन अभियानको पूर्व अध्यक्ष कृष्ण गौतमको सभाध्यक्षता ताथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले अहिलेको अवस्थामा हामी सबैले एक अर्कालाई इज्ज साथ अगाडि नबढेमा समाज कमजोर हुँदै जाने बताउनुभयो । नेपाली जनताहरु सँग धेरै सिपहरु , ऐतिहासिक कुराहरु , धेरै ज्ञान भएता पनि सहि ढङगले उपयोग गर्न नसकेको कुरालाई नगर प्रमुख लामाले औँल्याउनुभयो । वातावरणलाई मानिसहरुले संरक्षण गर्न नसकेमा प्रकृतिमा धेरै हानि नोक्सानी हुन सक्ने , चराचुरुङगी जिवजन्तुहरुको घट्न सक्ने पनि उहाँले बताउनुभयो । जनताहरुले अन्तराष्ट्र कानुनको बन्धनमा रहेर पर्यावरणमाको संरक्षण गर्ने गरको उहाँको भनाइ छ ।
सबै मानिसहरुले कार , मोटरसाइकल तथा सवारी साधनहरुमा लाखौँ रुपैयाँ खर्च गरेको तर खेती बालीमा १रुपैयाँ लगानी नगरेकोले पनि पर्यावरणलाई असर गरेको उहाँले बताउनुभयो । सबै मानिसहरुले घरबाट विकासका कामहरुले सुरु नगर्ने , वडा टोल बाट सुरु नगरेमा , प्रकृति संग नजोडेमा , उत्पादन संग नजोडीएमा पर्यावरणको संरक्षण गर्न नसक्ने उहाँले दावी गर्नुभएको छ । प्रकृतिक कुराहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको योजना मानिसले बनाउनुपर्ने बताउनुभयो । प्रकृतिक कुराहरुको संरक्षण गरेर कसरी नयाँ कुराहरु निर्माण सकिन्छ भन्ने कुराको अभियानमा लागि पनुपर्ने उहाँले बताउनुभयो । जबसम्म प्रकृति रहन्छ तब सम्म मानव जबसम्म मानव तब सम्म प्रकृत भन्ने कुरालाई जोड दिनुभयो ।

अहिले संसारमा मानव जातिको विकासको कारणले गर्दा विनासको पनि भयानक तरिकाले सरुवात भइरहेको मानव केन्द्रित जन अभियानका पूर्व अध्यक्ष कृष्ण गौतमले बताउनभयो । पर्र्यावरणको संरक्षण नभएको कारणले सारा संसारको जिव जगर माथि खत्रा पैदा भइरहेको बताउनुभयो । शुद्ध हावाको कमी भएको , पानीको शुद्धतामा कमी आएको , जैविक विविधता माथि खत्रा पैदा भइरहेको , सम्पुर्ण जिवन बाँच्ने आधारको कमी भएको , जिवन माथि भयानक चुनौतीहरु आइपरेको कुरालाई उहाँले औँल्याउनुभयो । मानव जिवनमा आइपरेको चुनौतिहरुलाई कसरी न्युनिकरण गर्नुपर्ने कुरामा लागि पनुपर्ने बताउनुभयो । हाम्रा सरकार भित्र कस्तो कमजोरी छ , राज्य भित्र कस्तो कमजोरी छ , सत्ता पक्षमा कस्तो कमजोरी छ भन्ने कुरालाई मध्य नजर गरेर त्यो कुरालाई समेटेन पट्टी लागि पर्नुपर्ने उहाँले बताउनुभयो । आफ भित्र भएको कमी कमजोरीलाई औँल्याउनुपर्ने उहाँले बताउनुभयो ।
विभिन्न कमजोरीलाई सम्बोधन गरेमा पृथ्वीको संरक्षण गर्न सक्ने उहाँले बताउनुभयो । विभिन्न लागुओषधको खेती , अवैध कारोवहार भएको कारणले पनि पर्यावरणलाई असर गरेको उहाँको दावी छ । अहिले ४७ वटा जिल्लामा चलिरहेको बताउनु हुँदै ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको बताउनुभयो । यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयर मीना कुमारीलामा , मानव केन्द्रित जन अभियान नेपालको पुर्णध्यक्ष कृष्णा गौतम , प्रकृति मानव केन्द्रित अभियानता उत्तम कडेल लगाएतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
औषधिमा  कर बढाउने अमेरिकाको  घोषणा, भारतीय उद्योग प्रभावित
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै