नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय

सारांश

  • नेपालको संसद्‍मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ ।
  • दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् ।
  • प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् ।

 

२४ वैशाख, काठमाडौं ।

नेपालको संसद्‍मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् ।

बुधबार प्रतिनधि सभाको बैठकमा बोल्दै उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँछन् । उनले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताएका छन् । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने । सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । अगाडि थप्छन्, ‘नेपा सरकारले समयमै यस (भारत–पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभाव)मा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिए । २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमुनेसामुने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको हो । गए राति भारतले पाकिस्तानका विभिन्न ठाउँमा हवाई हमला गर्दा ८ जनाको मृत्यु भएको छ भने ३५ जना बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
छठ पर्व, एक भावना
छठ पर्व, एक भावना
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
अवैध लागूऔषधसहित दुई जना पक्राउ
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए