सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद

सारांश

  • सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा राजस्व छली गरी ल्याइँदै गरेको मोबाइल सेट नियन्त्रणमा लिएको छ।
  • प्रहरीको अनुसार, गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.
  • प्र.

 

४ असोज, सर्लाही। सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा राजस्व छली गरी ल्याइँदै गरेको मोबाइल सेट नियन्त्रणमा लिएको छ।

प्रहरीको अनुसार, गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-०१ ख ३३८८ नम्बरको बसलाई चेकजाँच गर्दा बसको पछाडिको डिक्कीमा लुकाएर राखिएको ११ बोरा मोबाइल सेट फेला परेको हो।

चेकजाँचको क्रममा उक्त मोबाइल सेटहरूको कुनै पनि वैध भ्याट बिल नभएको र बसमा राखिएको ५५० पिस मोबाइलको मूल्य करिब रू. ७३ लाख ८४ हजार ४०८ बराबर रहेको बताइएको छ। प्रहरी टोलीले नियन्त्रणमा लिएको सामानलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।

प्रहरीले यो घटनालाई ठूलो राजस्व छलीको संज्ञा दिँदै यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?