भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
२८६ पटक हेरिएको
Shares
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ

सारांश

  • गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न निर्देशन दिएका छन् ।
  • निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँहरू पुगेर जनताका गुनासा र समस्या सुनिरहेका गुरुङले आइतबार सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङमा पुगेर गालामा मालिस गर्न निर्देशन दिएका हुन् ।
  • गुनासो सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्दैछ भन्ने कुरा गृहमन्त्रीसँग राखेका थिए ।

१ भदौ, काठमाडौँ ।

गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न निर्देशन दिएका छन् । निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँहरू पुगेर जनताका गुनासा र समस्या सुनिरहेका गुरुङले आइतबार सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङमा पुगेर गालामा मालिस गर्न निर्देशन दिएका हुन् ।

गुनासो सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्दैछ भन्ने कुरा गृहमन्त्रीसँग राखेका थिए । मन्त्री गुरुङले भने–  ‘त्रिशूलीमा कसरी राख्ने बाँसको पुल ? २७ लाख पनि राज्यकै पैसा होला नि बाँसको पुल राख्नलाई। जो मान्छेले भ्रम फैलायो, बाँसको पुल यहाँदेखि त्यहाँसम्म बन्छ भनेर । मलाई थाहा छैन को मान्छेले यस्तो भ्रम फैलायो । सारै बुद्धु मान्छे रहेछ ।’ मन्त्री गुरुङले भने, ‘कहीँ बाँसको पनि पुल बन्छ, यहाँदेखि त्यहाँसम्म । त्यही पनि त्रिशूलीमा बाँसको पुल बन्छ  ! नेपाल सरकार त्यति लाटो छ, बाँसको पुल त्रिशूलीमा राख्छ ? २७२८ लाखको पुल बन्छ होला नि । जसले यो भ्रम फैलायो, अब नेक्स टाइम जसले यो भ्रम फैलाउँछ गालामा यसो मालिस गरिदिए हुन्छ । सुमसुम्याइँ दिए हुन्छ के कुरा गर्नुभएको भनेर।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति
जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु