‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित

सारांश

  • धिरोज यादव इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपालभरिका प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।
  • लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन्।
  • नेपाल प्रहरीको विभागीय नीति–निर्देशनको पालना गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारीलाई पूर्ण व्यावसायिक ढंगले निर्वाह गरेको, लैङ्गिक हिंसा न्यूनीकरणमा सक्रिय भूमिका खेलेको तथा लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेको मूल्यांकन समितिको भनाइ छ।

 

१४ मंसिर, रौतहट। धिरोज यादव

इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपालभरिका प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन्।

नेपाल प्रहरीको विभागीय नीति–निर्देशनको पालना गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारीलाई पूर्ण व्यावसायिक ढंगले निर्वाह गरेको, लैङ्गिक हिंसा न्यूनीकरणमा सक्रिय भूमिका खेलेको तथा लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेको मूल्यांकन समितिको भनाइ छ। आर्थिक वर्ष २०८१/८२ को लैङ्गिक हिंसा तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनपछि उत्कृष्ट प्रहरी छनोट समितिले सहायक निरीक्षक रागनीसहित अन्य उत्कृष्ट कर्मचारीहरूको नाम सार्वजनिक गरेको छ।

उक्त मूल्यांकनका आधारमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्रीले ३० हजार रुपैयाँ नगदसहित द्वितीय स्थान हासिल गरेकी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङले २० हजार रुपैयाँ नगद र प्रशंसापत्र प्राप्त गर्दै तृतीय स्थान मिळाएको छ। यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १० हजार रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार प्रदान गरिएको कार्यक्रम आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?