निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव

सारांश

  • लोक सेवा आयोगले संघीय निजामती सेवामा अतिरिक्त सचिवको पद ब्युँताउन सुझाव दिएको छ ।
  • लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् ।
  • आयोगका पदाधिकारीसँग संसदीय उपसमितिले गरेको छलफलमा यस्तो राय व्यक्त भएको हो ।

१९ फागुन, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवामा अतिरिक्त सचिवको पद ब्युँताउन सुझाव दिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहितका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् । आयोगका पदाधिकारीसँग संसदीय उपसमितिले गरेको छलफलमा यस्तो राय व्यक्त भएको हो ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूको संयोजकत्वमा संसदीय उपसमिति बनाएको छ ।उपसमितिका संयोजक बडूका अनुसार निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवा आयोगका अधिकारीहरूले सुझाएका हुन् । ‘अतिरिक्त सचिव राख्ने कुरा आइराखेको छ । यसको बारेमा पनि छलफल भइराखेको छ ।

उहाँहरु (लोक सेवा आयोगका अधिकारीहरू) को राय राख्ने भन्ने नै आएको छ । हाम्रो छलफल पनि त्यसरी नै गइराखेको छ’, बडूले भने ।निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताएपछि कहाँ कहाँ यस्तो पद राख्ने भनेर छलफल चलिरहेको बडूले जानकारी दिए । ‘तर त्यसलाई कहाँ कहाँ राख्ने कुन कुन ठाउँमा राख्न आवश्यक हो त्यो पदहरु कहाँ सिर्जना गर्ने भन्ने जस्ता कुराहरु देखि लिएर पदावधि कसरी राख्ने भन्ने कुरामा छलफल गरिरहेका छौं ।’

अर्थात, निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन संसदीय उपसमिति पनि सहमत भएको छ । अतिरिक्त सचिवको पद कहाँ र कुन ठाउँमा राख्ने, अतिरिक्त सचिवको पदावधि कति वर्ष हुने जस्ता विषय टुंगिन बाँकी छ । यो विषयमा नीतिगत रुपमा स्पष्ट भएपछि औपचारिक निर्णय लिइने बडूले बताए । ‘तर, यी सबै विषय एक किसिमको नीतिगत स्पष्ठता भएर गइसकेपछि फाइनल हुन्छ’ ,बडूले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात
चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृ*त्यु
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृ*त्यु
महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत