टाइगर श्राफलाई गोली प्रहार : नेपाल भाग्नै लाग्दा ३ जना पक्राउ
सारांश
- आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए।
- कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए।
- यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको बायाँ हातमा चोट लागेको छ।
बलिउड अभिनेता टाइगर श्राफलाई मार्ने उद्देश्यले गोली चलाएको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार ३ जनालाई पक्रेको छ।
आइतबार अभिनेता टाइगर सवार कारमा ३ जनाले गोली प्रहार गरेका थिए। कार चालक घाइते भए पनि टाइगर बच्न सफल भए। यद्यपि बारुद र कारको सिसा फुटेर लाग्दा उनको बायाँ हातमा चोट लागेको छ।
सोही घटनामा संलग्न आरोपमा कोटा सिटी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको कोटाका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

एसपी गौतमले भनिन्, ‘यी तीन जना यहाँ (कोटा) बाट दिल्ली र त्यसपछि दिल्लीबाट नेपाल भाग्ने योजनामा थिए। हामी तीनै जनालाई सोधपुछ गरिरहेका छौँ।’
उनका अनुसार कोटा सिटी प्रहरीले सोमबार बिहान करिब ११:३० बजे रेलवे स्टेसनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सम्बन्धित खबर
प्रतिक्रिया