सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२० पटक हेरिएको
Shares
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र

सारांश

  •   देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारभित्रै चोरी हुनु सामान्य होइन ।
  • त्यसमा पनि झोलामा राखेर लैजाने चिज नभइ गाडी नै हराएको विषय यतिबेला चर्चामा छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हराएको हो ।

२० असार, काठमाडौं । 

देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारभित्रै चोरी हुनु सामान्य होइन । त्यसमा पनि झोलामा राखेर लैजाने चिज नभइ गाडी नै हराएको विषय यतिबेला चर्चामा छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हराएको हो । मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो–एस फोर सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

मन्त्रालयबाटै गाडी हराएपछि उक्त गाडी खोजिदिन उसले प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंलाई पत्र पठाएको छ । मन्त्रालयले असार १५ गते गाडी हराएको भन्दै सचिवस्तरीय निर्णय गरेर खोजीका लागि पत्राचार गरिएको हो । ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५

गतेको (नेपाल सरकार सचिवस्तर) निर्णय अनुसार अनुरोध गरिन्छ’ पत्रमा भनिएको छ । गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पत्र पठाइएको बताए । उनले यसबारे अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिएका छन् । श्रम मन्त्री शरत्सिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको दाबी गरेका छन् । मन्त्रीले भने गाडी हराएको नभइ केही व्यक्तिले स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते