विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् ।
  • पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ ।
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाए ।

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् । पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाए ।‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उनले भने, ‘यो जिम्मेवार व्यवहार होइन ।’

महामन्त्री थापाले महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको स्मरण गराउँदै आफूहरूको उद्देश्य पार्टीभित्र विग्रह ल्याउने नभएको स्पष्ट पारे । ‘हामी कांग्रेस कमजोर बनाउन होइन, नागरिकसँग कांग्रेस जोड्न खोजिरहेका छौँ,’ उनले भने । थापाले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने कार्यवाहक सभापतिद्वारा वाचन गरिएको प्रस्तावलाई विधानको अपव्याख्या गरिएको बताए । ‘विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशनको अधिकार दिएको छ,’ उनले भने, ‘यसलाई विभाजनतर्फ लैजान्छ भन्ने हौवा फैलाइएको छ, तर विधानको कार्यान्वयन विभाजन होइन ।’ उनले भदौ २३ र २४ गते भएका घटनापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा बद्लिएको उल्लेख गर्दै त्यसको समीक्षा, आत्ममूल्यांकन र नेतृत्व–नीति सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए ।

‘भदौ २२ अघि र भदौ २५ पछिको नेपाल एउटै छैन,’ उनले भने, ‘नागरिक असन्तुष्टि किन भयो, हाम्रो भूमिका के रह्यो, कहाँ चुक्यौँ, यो छलफल नगरी अघि बढ्न सकिँदैन ।’ महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानले दिएको अधिकार प्रयोग गरिरहेका पार्टीका जिम्मेवार सदस्य भएको बताए । ‘पार्टी टुट्नु भनेको औपचारिक विभाजन होइन, कार्यकर्ताको मन टुट्नु हो,’ उनले भने, ‘संवाद गरेर, सुनेर अघि बढे पार्टी एकताबद्ध रहन्छ । २७ र २८ गते आयोजना हुन लागेको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै थापाले पार्टी सभापतिलाई त्यसमा सहभागी हुन आग्रह गरे । ‘सभापति सहभागी हुनुभयो भने पार्टीको मान बढ्छ र सहमतिका ढोका खुल्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २१ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २१ जना पक्राउ
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने