कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
७६ पटक हेरिएको
Shares
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु

सारांश

  • पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा एक बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ।
  • अस्पताल स्रोतले ती व्यक्तिहरूको मृत्यु निसासिएर भएको बताएको छ।
  • अन्य ६ जनाको अवस्था गम्भीर छ।

३ भदौ, साउन ।

पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा एक बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतले ती व्यक्तिहरूको मृत्यु निसासिएर भएको बताएको छ। अन्य ६ जनाको अवस्था गम्भीर छ। उनीहरू एसएसकेएम मेडिकल कलेजमा उपचाररत छन्।  समाचार एजेन्सी एएनआईले मृतकमा उपचारका लागि आएका बंगलादेशी नागरिकहरू पनि रहेको उल्लेख गरेको छ। यद्यपि प्रहरीले मृतकहरूको पहिचान पुष्टि गरेको छैन।

बुधबार बिहान २ बजेतिर होटलको तेस्रो तलामा आगलागी भएको हो। आगो बिस्तारै नजिकैका भवनमा पनि फैलियो थियो। आगलागीको जानकारी पाएपछि नयाँ बजार प्रहरी चौकीका प्रहरी, दमकल टोलीसहित घटनास्थलमा पुगे। होटलभित्र फसेकाहरूको उद्धार सुरु गरेको थियो।  अग्नि नियन्त्रकका एक अधिकारीले प्रारम्भिक अनुमानअनुसार आगलागी सर्ट सर्किटका कारण भएको हुन सक्ने बताएका छन्, तर अनुसन्धानले मात्र वास्तविक कारण पत्ता लगाउने उनको भनाइ छ। प्रहरीले होटल प्रबन्धकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिहेको छ। यसअघि सोमबार पनि वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान: आज मौसम सफा रहने
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्यालको पदबहाली
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्यालको पदबहाली
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने