सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
४३ पटक हेरिएको
Shares
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ

सारांश

  • बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ ।
  • बुढीगंगा नगरपालिका-८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।
  • थापा बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् ।

 

१० फागुन, धनगढी । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका-८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका-७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
एमालेको ११ औं महाधिवेशन आज
एमालेको ११ औं महाधिवेशन आज
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना