राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ ।
  • बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ ।

४ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए । राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ । राप्रपाले यही वैशाख ७ गते काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ । राप्रपाले राजसंस्था पुनस्र्थापना, सङ्घीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा चैत २६ गते काठमाडौंको बल्खुमा प्रदर्शन तथा खबरदारी सभा गरेको थियो ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?