प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
५७ पटक हेरिएको
Shares
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्

सारांश

  • नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।
  • आज प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकतामा पहिले छलफल गर्ने र नीति कार्यक्रम प्रस्तुत गर्ने विषय ‘खुट्टाले टेक्नुपर्नेमा टाउकाले टेकेको जस्तो’ रहेकाले सच्याइएको बताए ।
  • “खुट्टाले टेक्नुपर्ने, टाउकाले टेकेको अवस्था थियो ।

२३ वैशाख, काठमाडौं ।

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकतामा पहिले छलफल गर्ने र नीति कार्यक्रम प्रस्तुत गर्ने विषय ‘खुट्टाले टेक्नुपर्नेमा टाउकाले टेकेको जस्तो’ रहेकाले सच्याइएको बताए ।

“खुट्टाले टेक्नुपर्ने, टाउकाले टेकेको अवस्था थियो । सरकारले यसलाई सच्याएको छ,” उनले भने ।प्रचण्डले आफूले अध्यादेश ल्याएर तीन महिनाअघि नै प्रिबजेट छलफल गरेकामा उल्ट्याइएको भन्दै आपत्ति जनाएका थिए । प्रचण्डले सरकार अप्राकृतिक रहेको र बिचौलिया हाबी भएको भनेर लगाएको आरोपप्रति पनि भट्टराईले आपत्ति जनाए ।“सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्,” उनले भने । उनले संविधानको धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने र ओलीको अप्राकृतिक हुने कुन संविधानको व्याख्या गरेको भन्ने आफूलाई अचम्म लागेको बताए ।

उनले सरकारबाट बाहिर रहनुपरेको असन्तुष्टि, छटपटीप्रति सहानुभूति रहेको बताए । भट्टराईले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउँदा ‘मुटुमा नै गोली लागेको जस्तो किन भएको’ भनी प्रश्न गरे । उनले प्रचण्डलाई आफू प्रधानमन्त्री हुँदा प्रधानसेनापति कसरी हटाउनुभयो भन्दै सोधे । “तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त । एकपटक सम्झिनु त, प्रधानसेनापतिलाई कसरी हटाउनुभयो ? अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो, हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार खडा गर्नुभयो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते