खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल

सारांश

  • भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै ऐन संशोधनपछि अब विकासका आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।
  •  आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको उल्लेख गर्दै अब विकास निर्माणका काममा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुने बताए ।
  • उनले संशोधित खरिद ऐनले विकास निर्माणका काममा देखिएका अधिकांश समस्या समाधान गर्ने दाबी गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राखिने चेतावनी दिए ।

रामेछाप ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै ऐन संशोधनपछि अब विकासका आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन् । आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको उल्लेख गर्दै अब विकास निर्माणका काममा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुने बताए ।

उनले संशोधित खरिद ऐनले विकास निर्माणका काममा देखिएका अधिकांश समस्या समाधान गर्ने दाबी गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राखिने चेतावनी दिए ।  ‘खरिद ऐनले अब अधिकांश समस्या समाधान गर्छ। विगतमा भएका कमजोरी सुधार गर्ने काम अब हाम्रो हो, काम नगर्नेलाई ब्ल्याकलिस्टमा राख्छौँ,’ मन्त्री लम्सालले भने ।  उनले सबै योजना एकै आर्थिक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएपनि आगामी पाँच वर्षभित्र विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले निरन्तर पहल गर्ने स्पष्ट पारे । ‘सबै योजना यही वर्ष सकिँदैनन्, तर पाँच वर्षभित्र सकेसम्म सबै समस्या समाधान गर्ने प्रयास गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा