पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
४८ पटक हेरिएको
Shares
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल

सारांश

  • पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ ।
  •  पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।
  • पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो ।

 

२५ वैशाख, काठमाडौं ।

पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो ।

सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको हो ।बन्द गरिएका विमानस्थलहरूको सूची यसप्रकार छ–जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ ।

यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् ।विमानस्थल बन्दले गर्दा इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरेका छन् ।ती हवाई कम्पनीहरुले आफ्ना यात्रुहरूलाई यात्रा योजना पुनः मूल्यांकन गर्न र सम्बन्धित एयरलाइन्सहरूको आधिकारिक सूचना च्यानलहरूबाट अद्यावधिक जानकारी प्राप्त गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?