विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

सारांश

  • आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।
  • सो सिफारिस अनुसार शुक्रबार नै बसेको मन्त्रिपरिषद्को बैठकले १४ जिल्लाका बाढी पहिरोले क्षति ग्रस्त स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरको छ ।

काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार शुक्रबार नै बसेको मन्त्रिपरिषद्को बैठकले १४ जिल्लाका बाढी पहिरोले क्षति ग्रस्त स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरको छ ।

सोलगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकताको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन् ।

साहले बाढीबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको र अहिलेपनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनु परेको बताएका छन् । रौतहट, सप्तरी, सर्लाही, धनुषा, सिराहाका जनता अहिलेपनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाउँदै उनीहरुलाई विभेद गर्नु राज्यको चरम लापरवाही र उदासिनता भएको उनको टिप्पणी छ ।

सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक