Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

सारांश

  • आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।
  • सो सिफारिस अनुसार शुक्रबार नै बसेको मन्त्रिपरिषद्को बैठकले १४ जिल्लाका बाढी पहिरोले क्षति ग्रस्त स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरको छ ।

काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार शुक्रबार नै बसेको मन्त्रिपरिषद्को बैठकले १४ जिल्लाका बाढी पहिरोले क्षति ग्रस्त स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरको छ ।

सोलगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकताको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन् ।

साहले बाढीबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको र अहिलेपनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनु परेको बताएका छन् । रौतहट, सप्तरी, सर्लाही, धनुषा, सिराहाका जनता अहिलेपनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाउँदै उनीहरुलाई विभेद गर्नु राज्यको चरम लापरवाही र उदासिनता भएको उनको टिप्पणी छ ।

सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने