Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
१६५ पटक हेरिएको
Shares
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ

सारांश

  • शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् ।
  • जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् ।
  • सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन् ।

 

१७ साउन,  जनकपुरधाम ।

शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् । सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी छन् ।

हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी भएका छन् । वार्तामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट शुक्रबार राति पेश भएका मागहरूबारे छलफल हुने बताइएको छ । हिजोको वार्तामा सहमति भइसकेको रास्वपा सांसद मनीष झाले दाबी गरेका थिए । तर, हिन्दू सम्राट सेनाले सहमति भइनसकेको भन्दै उक्त कुरा खण्डन गरेको थियो । हिजो रातिको वार्तामा विवाद भएपछि आजको वार्तामा रास्वपाका नेता तथा कार्यकर्तालाई सहभागी गराइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा
सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै
सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन