२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का

सारांश

  • बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ ।
  • बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.

१७ असोज, काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ । बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६।३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ ।

केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ५.१, ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर २८ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३, ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का मापन भएको छ ।
यसैगरी ५ बजेर ३८ मिनेटमा ५, बुधबार मध्यराति १२ बजेर ५० मिनेटमा ४.३, बिहान ४ बजेर २७ मिनेटमा ४.३ र ५ बजेर ४३ मिनेटमा अर्को ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले ४ म्याग्निच्युड भन्दा कमका भूकम्पका धक्काहरु पनि बझाङमा गइरहेको भन्दै भूकम्पको तीव्रताका आधारमा पराकम्प निर्भर रहने बताए ।

उनका अनुसार एउटा ठूलो भूकम्प गएपछि साना पराकम्पहरु गइरहने हुन्छन् । ‘एउटा ठुलो गयो भने साना गइरहने हुन्छ । सानो भूकम्प जाँदा थोरै समय पराकम्प जान्छ । जति ठूलो भूकम्प भयो त्यति नै लामो समय पराकम्प हुन्छ ’, उनले भने ।  उनले भूकम्पपछि पराकम्प जानु स्वाभाजिक भएको पनि बताए । बझाङ भूकम्पबाट हालसम्म १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति भएको बताइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ