आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

सारांश

  • चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन्।
  • शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो।
  • तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे।

२३ चैत, नवलपुर –

नवलपुरमा आगलागीका घटना बढ्दै गएका छन्। चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन्। शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो। तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे। आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शङ्खदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो। बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भन्ने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन। यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टाभट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो। आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो। पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन। जिल्लामा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटना प्रायः दिउँसोकै समयमा हुने गरेका छन्। जिल्लामा भएका सबै घटनाका कारण नखुले पनि मानवीय त्रुटीले आगलागी धेरै घटना हुने गरेका प्रहरीले जनाएको छ।

जिल्लामा यस वर्षमात्रै आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार चालु आवमा ३८ वटा आगलागीका घटनामध्ये तीनवटा घटनामा परी तीन जनाको मृत्यु भएको हो। चैतमा मात्रै यहाँ १३ वटा घटना भएका छन्, जसमध्ये पाँचवटा व्यक्तिगत सम्पत्ति एवम् आठ वटा वनमा आगलागीका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले फागुन, माघ र साउनमा भएको आगलागीबाट तीन जनाको मृत्यु भएको जानकारी दिए। ‘आगलागीबाट जिल्लामा नौ महिनाको अवधिमा तीनजनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन्,’ उनले भने, ‘आगलागीबाट रु ६१ लाख २१ हजार बजारको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ। एक हजार ६०० कुखुरा, दुई भैँसी, तीन वटा बाख्रा मरेका छन्।’

नेपालका अनुसार यहाँ आगलागीले पाँचवटा घरमा आंशिक क्षति भएको छ। सात गोठ र नौ परालको टौवामा पूर्ण क्षति पुगेको छ। यस्तै, एउटा विद्यालय र एउटा गोठमा आंशिक क्षति हुन पुगेको छ। गत पुस महिनामा भएको आगलागीमा एउटा कारमा समेत क्षति पुगेको सूचना अधिकारी नेपालले बताए। जिल्लामा भएका साउन र असोजमा तीन/तीन, कात्तिक र मङ्सिरमा पाँच/पाँच, पुसमा सात, माघमा छ, फागुनमा चार, चैतमा पाँचवटा आगलागीका घटना भएका छन्। सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरे पनि नियन्त्रणका लागि वारुण यन्त्र (दमकल) नहुँदा समस्या हुने गरेको छ। यहाँका आठ पालिकामध्ये कावासोती र देवचुली गरी दुई नगरपालिकासँग मात्रै एक/एक वटा दमकल रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी