Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।
  • बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको हो ।
  • कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए ।

 

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको हो ।

कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए । यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।

कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याँक्दै १४ रनमात्र खर्चिए । यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।  प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो । लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
छ वटा संसदीय समितिको बैठक बस्दै 
छ वटा संसदीय समितिको बैठक बस्दै 
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय