निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

सारांश

  •   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
  • नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको ६८औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पु¥याउँदै आएको योगदान अतुलनीय छ ।
  • ” नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँयुगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो ।

 २ जेठ, काठमाडौँ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको ६८औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पु¥याउँदै आएको योगदान अतुलनीय छ ।”

नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँयुगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो । साथै उहाँले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । उहाँले मोरङ उद्योग व्यापार सङ्घजस्तो प्रतिष्ठित संस्थाले उद्योग–व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबीचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहनासमेत गर्नुभयो । नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य सङ्घ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायीत्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ