४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

सारांश

  • बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ ।
  • निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।
  • केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

४ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ ।

आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २५ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
एक लाख १५ हजार नगदसहित १२ जुवाडे पक्राउ
एक लाख १५ हजार नगदसहित १२ जुवाडे पक्राउ