उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

सारांश

  • अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो ।
  • यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।
  • यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो ।

२९ जेठ, काठमाडौं ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो । यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो । नागरिक उड्डयन मन्त्रीसँग प्रधानमन्त्री मोदीले गरे टेलिफोन कुराकानी

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् । मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ । प्रधानमन्त्री मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ । विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक आठ अङ्कले घट्यो
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो