Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
११९ पटक हेरिएको
Shares
बाढी पहिरोका कारण देशभरका १२  सडक पूर्ण रूपमा अवरुद्ध

सारांश

  • मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
  • यस्तै  १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।
  •   विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ  ।

३ भदौ, काठमाडौँ ।

मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै  १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।  विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ  ।  यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

रोल्पाको पुतलाचौर,ग्राम्जिममा पहिरोका कारण शहिदमार्ग १४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । पश्चिम रुकमको चौखा खोला रिजगाड, उसुमखोला र छलगाडमा पहिरो गएकाले भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।  यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरोजाँदा अरनिको राजमार्ग १६  दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । रसुवागढी स्याफ्रुबेंसी सडकमा दोस्रोपटक आएको बाढीले क्षति गर्दा तीन सातादेखि पूर्ण रूपमा अवरुद्ध छ भने मितेरी पुल बगाएको डेढ महिना बित्न लाग्दासम्म बेलिब्रिज जडान  हुन सकेको छैन ।

यसैगरी तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। रेमिट हाइड्रोले बेलिब्रिज जडान गर्ने पहल भएको विभागले जनाएको छ ।  संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि कोशी राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन विभागले उपकरण परिचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र