जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

सारांश

  • राष्ट्रिय जनता पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् ।
  • मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा केन्द्रिय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका पूर्व वडा अध्यक्ष पुरुषोत्तम राय यादव, पूर्व वडा सदस्य जाहिर अन्सारी, माओवादी छोडेका रामसोगारथ राय र जवाहर साहलगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन् ।
  • नवप्रवेशीहरूलाई राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र महतो र वरिष्ठ उपाध्यक्ष राम नरेश रायले फूलमाला र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए।

३० साउन, सर्लाही ।

राष्ट्रिय जनता पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा केन्द्रिय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका पूर्व वडा अध्यक्ष पुरुषोत्तम राय यादव, पूर्व वडा सदस्य जाहिर अन्सारी, माओवादी छोडेका रामसोगारथ राय र जवाहर साहलगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र महतो र वरिष्ठ उपाध्यक्ष राम नरेश रायले फूलमाला र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका निर्वाचन समितिका संयोजक अरुण कुमार सिंह, सचिव हुसेन खान, जिल्ला अध्यक्ष बिनोद साहलगायतका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी हुन हरिपुर्वा, पर्सा र ब्रह्मपुरीबाट मोटरसाइकल र स्कर्पियो गाडीमा आएका कार्यकर्ताहरूले मलंगवा बजारमा परिक्रमा समेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या
बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग
सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द