काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

सारांश

  •   हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।
  • देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

१ असार, काठमाडौं। 

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ। यस्तै,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

त्यस्तै,आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
काठमाडौंमा एक वृद्धा मृत फेला
काठमाडौंमा एक वृद्धा मृत फेला
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न