बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
४५ पटक हेरिएको
Shares
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

सारांश

  • दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो ।
  • महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

२५ मंसिर, धनगढी ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

डिल्लीबहादुर चौधरीले पनि  संक्षिप्त कुरा गर्दै महाविर आफ्नो सहोदर भाइ भएको जानकारी दिँदै उनी पक्राउ परेको सुनेको बताए । बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए । इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ । चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए । यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ । कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
आज विश्व पानी दिवस मनाइँदै
आज विश्व पानी दिवस मनाइँदै
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर