Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बोक्सी आरोपमा सिङ्गो परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
बोक्सी आरोपमा सिङ्गो  परिवारलाई कुटपिट गर्ने तिनजना पक्राउ

सारांश

  • महोत्तरीमा बोक्सीको आरोपमा सिंगो परिवार नै कुटिएको छ ।
  • महोत्तरीको गौशाला नगरपालिका–११ लक्ष्मीनियाका राजेन्द्र रामसहित उनका परिवारका सदस्य छिमेकबाट बोक्सी आरोपमा कुटिएका हुन् ।
  • कुटपिटबाट उनकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम, बुहारीहरू सम्तोलियादेवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका हुन् ।

१७ कात्तिक, जनकपुरधाम । महोत्तरीमा बोक्सीको आरोपमा सिंगो परिवार नै कुटिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–११ लक्ष्मीनियाका राजेन्द्र रामसहित उनका परिवारका सदस्य छिमेकबाट बोक्सी आरोपमा कुटिएका हुन् । कुटपिटबाट उनकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम, बुहारीहरू सम्तोलियादेवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका हुन् । गत बुधबार उनीहरुमाथि कुटपिट भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

महतो नुनियाका परिवारले सुरेन्द्रका परिवारका सदस्यमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट इतारिया देवीको टाउको फुटेको छ भने बायाँ हात मर्केको छ । उनको जनकपुरधामस्थित सहयोग हस्पिटलमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्यहरु समान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि कुटपिटमा संलग्न झाँक्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष यादव र झाँक्री विनोद पासवान छन् ।

अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डीएसपी गिरीले बताए । गिरीका अनुसार चारजनाविरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको मुद्दामा अनुसन्धान भइरहेको छ । पक्राउ परेका दुईजनालाई हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संवाद सुरु
सगरमाथा संवाद सुरु
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार
सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?
शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु