स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३० पटक हेरिएको
Shares
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

सारांश

  • स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।
  • ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
  • नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ।

३ पुस, काठमाडौं ।

स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ। पुस्तिकाले विद्यालय तहबाटै लोकतन्त्र, संविधान, निर्वाचन प्रणाली र नागरिक कर्तव्यबारे विद्यार्थीलाई व्यवस्थित रूपमा बुझाउने आधार तयार गर्ने आयोगको विश्वास छ। सात परिच्छेदमा विभाजित स्रोत सामग्रीमा लोकतन्त्र र संविधानदेखि निर्वाचन चक्र, मतगणना, नोटा (नो भोट), निर्वाचन आचारसंहिता, कानुनी व्यवस्था तथा निर्वाचन प्रक्रियामा सरोकारवालाको भूमिकासम्मका विषय समेटिएका छन्। विशेषगरी अन्तिम परिच्छेदमा शिक्षकले निर्वाचन शिक्षा र सूचना प्रवाहमा खेल्ने भूमिकालाई स्पष्ट गर्दै विद्यार्थीलाई निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणमार्फत व्यवहारिक ज्ञान दिन सकिने व्यवस्था उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
भारतीय वायुसेनाको विमान दु*र्घटना
भारतीय वायुसेनाको विमान दु*र्घटना