Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २३, २०८०
|
|
५० पटक हेरिएको
Shares
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
  • शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

२३ मंसिर, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्। यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

शुक्रबार प्रक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार (आज) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको थियो। प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउन्ड गोलीसमेत फेला पारेको थियो। पक्राउ परेकाहरुबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम ४ सय मिलिग्राम लागुऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
ललितपुरमा स्वास्थ्य बीमा सुरु
ललितपुरमा स्वास्थ्य बीमा सुरु
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने