हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
  • शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

२३ मंसिर, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्। यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

शुक्रबार प्रक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार (आज) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको थियो। प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउन्ड गोलीसमेत फेला पारेको थियो। पक्राउ परेकाहरुबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम ४ सय मिलिग्राम लागुऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
भ्रष्टाचार विरुद्ध आज देशभर प्रदर्शन गरिदै। 
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी