भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै

सारांश

  • भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् ।
  • नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।
  • उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

५ मंसिर, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।a

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् ।

उनी मंसिर ९ गतेसम्म नेपालमा रहने छन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

नेपाल आउनासाथ उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने छन् । साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने तालिका पनि छ ।

उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब