हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३० पटक हेरिएको
Shares
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ

सारांश

  • यही भदौ भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्।
  •   घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा-५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।
  • भदौ १० गते प्रहरीले रत्ना होटेलको कोठा नम्बर २०५ मा एलिसाको शव फेला पारेको थियो।

 

१८ भदौ , मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।यही भदौ भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्।  घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा-५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।भदौ १० गते प्रहरीले रत्ना होटेलको कोठा नम्बर २०५ मा एलिसाको शव फेला पारेको थियो। यसअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले जानकारी दिए। घटना अनुसन्धानका क्रममा खानलाई भाग्न सहयोग गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?