जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
२०६ पटक हेरिएको
Shares
जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल

सारांश

  • मधेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन् ।
  • गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन् ।
  • गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।

१६ साउन, काठमाडौं ।

मधेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन् । गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन् । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा दुई समूहबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो ।

आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला मधेशका जिल्लाहरूमा छन् । वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ । प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको सरकारी पक्षले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला