क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
९८ पटक हेरिएको
Shares
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।
  • आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.
  • ५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।

२२ वैशाख, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

शतक बनाउनबाट ६ रनले चुकेका आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । ६६ ओडीआई खेल खेल्दा आसिफले एक शतक र १४ अर्धशतक बनाएका छन् । अर्का ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । लगातार दोस्रो खेलमा अवर पाएका अर्जुनले वान डाउनमा खेल्दै संयमित ब्याटिङ गरेपनि अर्धशतकबाट दुई रनले मात्र चुके । उनले ८७ बल खेल्दै ४ चौका मदतमा ४८ रन बनाए ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बल खेल्दै १ चौका मदतमा ३३ रन जोडे । गुल्सनले २३ बलमा २ चौका प्रहार गरी १७ रन बनाए । कप्तान रोहित पौडेलले १६ बल खेलेर ९ रन मात्र बनाए । नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट हुँदा करण केसीले खाता खोल्न सकेनन् । ४९ ओभरमा २३७-९ को स्थितीमा रहेको नेपालका लागि आफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै स्कोर बढाएका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि अलआउट भयो । आरिफले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए । जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै