बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय

सारांश

  • अष्ट्रेलियाको क्‍यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ ।
  • अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्‍यूजले उल्लेख गरेको छ ।
  • युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो।

२६ मंसिर, काठमाडौं।

अष्ट्रेलियाको क्‍यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्‍यूजले उल्लेख गरेको छ ।

युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो। समाचारका अनुसार,  यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे। त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरे।

यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ। ‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्‍यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् । तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन्। समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओहोदाको प्रमाणपत्र पस्तुत
ओहोदाको प्रमाणपत्र पस्तुत
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना