एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
७५ पटक हेरिएको
Shares
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते

सारांश

  • नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
  • सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।
  •  नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१९ जेठ, नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए।  त्यस्तै दुवै सवारिसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल
बागमतीका १२२ करदाता कारबाहीमा
बागमतीका १२२ करदाता कारबाहीमा
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा