सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार

सारांश

  • बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
  • गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए ।
  • सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

२६ असार, बाँके ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?