लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु

सारांश

  • लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ।
  • यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ।

 

२ असोज , काठमाडौं । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।Worldlink adsमृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ। यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ।मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो। यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ। हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ। तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो। यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसँग आउँछ। यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ।लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन्। तर, उनलाई गम्भीर चोट लागेको छैन। अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ। हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन्।स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ। स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ