Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

सारांश

  • राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।
  • केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरे ।
  • बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ ।

१५ चैत, काठमाडौँ ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरे ।

बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ ।

शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो । उक्त प्रदर्शनमा राजा र मिश्रसहितका राप्रपाका नेताहरु पनि सहभागी गिए । दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
शंखमुल हत्या प्रकरण : २२ वर्षीय युवक पक्राउ
शंखमुल हत्या प्रकरण : २२ वर्षीय युवक पक्राउ