बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  •   प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गर्नुभएको भाषाप्रति आपत्ति जनाउनुभयो ।
  • उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको हाँले सुनाउनुभयो ।

 

५ जेठ, काठमाडौं । 

प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गर्नुभएको भाषाप्रति आपत्ति जनाउनुभयो ।

उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको हाँले सुनाउनुभयो । सांसद शेरबहादुर कुँवरले भारतीय सेनामा नेपालीलाई गोरखा भर्ती गर्दै आएकामा अग्निरेखाका नाममा फरक पार्न थालिएकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । भूकम्पलगायत विपद्मा प्रभावित जनताले राहत पाउन समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि आवश्यक भएको उहाँको भनाइ छ । सांसद रञ्जुकुमारी झाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको माग गर्नुभयो । सौर्य एयरको विमान दुर्घटनामा परेकाले अहिलेसम्म क्षतिपूर्ति नपाई गुनासो बढिरहेको सुनाउँदै उहाँले क्षतिपूर्तीको छिटो व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । सांसद रेखा यादवले कृषि क्षेत्रको विकासमा सरकार गम्भीर भएको देखिँदैन भन्नुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबै किसानलाई परिचयपत्र दिने भनिए पनि अहिलेसम्म १९ लाखले मात्र पाएको पनि उहाँले बताउनुभयो । अग्र्यानिक मल आयात गर्दा २४ दशमलव ३९ प्रतिशत भन्सार लिनु गलत भएको सांसद यादवले बताउनुभयो । सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाको वन प्रयोजनविहीन रहेकाले विमानस्थल बनाउनुपर्ने माग गर्नुभयो । सागरनाथ वन विकास परियोजना प्रयोजनहीन भएको, ११ महिनादेखि कर्मचारीले तलब नपाएको, हजारौँ बिघा जमिन अतिक्रमणमा परेको पनि उहाँले जानकारी गराउनुभयो । सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा जानेले अत्यधिक तापक्रममा काम गर्नुपरेकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । दुग्ध किसानले अहिलेसम्म पनि भुक्तानी नपाएर समस्या भएकाले छिटो भुक्तानी दिन माग गर्नुभयो ।

सांसद प्रभु साहले लघुवित्तपीडितको समस्या किन समाधान नगरिएको भनी प्रश्न गर्नुहुँदै डेपुटी गभर्नरको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्नुभयो । प्रतिवेदनका आधारमा लुटिएका लघुवित्तपीडितलाई छिटो न्याय दिई सडकबाट फिर्ता गराउन पनि सांसद साहले माग गर्नुभयो । सांसद डा अमरेशकुमार सिंहले सर्लाहीको सत्बरिया गाउँपालिका–३ वडा कार्यालय र एक आधारभूत विद्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा वातावरण मन्त्रालयलगायत निकाय एवं सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदलाई पनि पत्र पठाएर क्रसर उद्योगले आधारभूत विद्यालयमा पढ्न नसक्ने अवस्था रहेको बताउनुभयो । क्रसरको तस्बिर खिच्ने पत्रकारलाई डाँका मुद्दा लगाइएकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उहाँले माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ
लागूऔषधसहित रौतहटबाट दुई जना पक्राउ
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश