प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
१८ पटक हेरिएको
Shares
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

सारांश

  • प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको छ ।
  • बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
  • सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

४ जेठ, काठमाडौँ ।

प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गर्नुभएको छ । बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद् दोमोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताउनुभयो । सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक सङ्गठनका सभापति सुजित केसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गर्नुभयो । सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२÷८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं २÷३ मा अधुरा विकासका आयोजनामा बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामा नयाँ उत्साह जागेको र आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गर्नुभयो । सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने १० किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको र मिटर ब्याजभन्दा पनि बढी कर लिएको र हर्जना तथा ब्याजको छुट दिन आग्रह गर्नुभयो । सांसद धु्रवबहादुर प्रधानले तानसेन सिमेन्ट उद्योग र लक्ष्मी स्टील उद्योगले वातावरण प्रदूषण र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग र वातावरण मन्त्रालयको ध्यानार्षण गराउनुभयो । सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय र क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्नुभयो । सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिम र कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमा रहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गर्नुभयो । सांसद प्रतिमा गौतमले मिर्गाैला रोगबाट पीडित ९० प्रतिशत अङ्गदाता नपाएर मृत्यु भएको र आठ हजार बिरामी अङ्गदाताको प्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अङ्ग प्र्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढङ्गले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनाले यस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगत विभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही र निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गर्नुभयो । सांसद विन्दाबासिनी कङ्साकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटक–पटक उठाएको भए पनि ध्यान नदिएको र त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायु परिर्वतनबाट नेपाललाई जोगाउन लिएकोे नीतिबारे जानकारी माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
एमालेलाई कसैले धुलो पार्न सक्दैन: अध्यक्ष ओली
एमालेलाई कसैले धुलो पार्न सक्दैन: अध्यक्ष ओली
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी