१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन

सारांश

  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह (बर्थिङ सेन्टर) उदघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन ।
  • अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो ।
  • त्यसको शिलान्यास र उदघाटन दुवै उप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए ।

 

२९ कात्तिक, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह (बर्थिङ सेन्टर) उदघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन ।

अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो । त्यसको शिलान्यास र उदघाटन दुवै उप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए । तर अहिलेसम्म बर्थिङ सेन्टर प्रयोगमा ल्याउन नसकेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साह बताउँछन् । उनको भनाइमा बर्थिङ सेन्टरमा प्रयोगमा ल्याउन प्राविधिक समस्याहरु छन् । मुख्य समस्या प्रादेशिक अस्पताल र बर्थिङ सेन्टरको बीचमा पर्ने बाटो भएको उनी बताउँछन् ।

पश्चिमतिर बाह्रबिघा र पूर्वतिर देवीचोक जोड्ने बाटोको वारीपारी प्रादेशिक अस्पताल र बर्थिङ सेन्टर छन् । ‘गर्भवती र प्रसूतिका बिरामीहरु वारपार गर्दा दुर्घटना हुनसक्छ । त्यसकारण जबसम्म बीचको बाटो बन्द गरिँदैन, तबसम्म सञ्चालन गर्न गाह्रो छ’ उनले भने । बाटो बन्द गर्ने विषयमा स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा उनीहरुले नमानेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । जनशक्ति व्यवस्थापन, बच्चाको लागि एनआईसीयु, अक्सिजन पाइप जडान लगायतका काम पनि गर्न बाँकी रहेकाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन कठिन भइरहेको उपकुलपति साहको भनाइ छ ।

वडाध्यक्ष भन्छन्- बर्थिङ सेन्टर बनाउनुअघि विचार गर्नुपर्‍थ्यो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मिथिलेश कर्ण प्रतिष्ठानका पदाधिकारीको अदुरदर्शिताका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको बताउँछन् । ओहोरदोहोर गर्न समस्या हुन्छ भन्ने जान्दाजान्दै बर्थिङ सेन्टर बनाउने र अहिले बाटोलाई कारण देखाउने प्रवृत्ति नै गलत भएको उनको भनाइ छ । बर्थिङ सेन्टर निर्माणकै बेला विचार गर्नुपर्‍थ्यो । अहिले आएर बाटोको कारण सञ्चालन गर्न समस्या छ भन्नु बहाना मात्र हो,’ उनले भने ।

बाटो बन्द गर्ने प्रस्ताव लिएर प्रतिष्ठानका अधिकारीहरु आफूकहाँ आएको, तर त्यो सम्भव नरहेको जवाफ दिएर पठाइदिएको वडाध्यक्ष कर्णले सुनाए । त्यहाँको बाटो अस्पताल जत्तिकै पुरानो भएकाले बन्द गर्न नहुने बताउँदै उनले भने, ‘राजा महेन्द्र जनकपुर आएको बेला त्यहीँबाट बारबिघा मैदानमा जानुभएको थियो । त्यसबेला त्यो बाटो रह्यो । अहिले बन्द गर्यो भने जनताले हामीलाई बाँकी राख्दैनन् ।’ जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बाटो बन्द गर्नुभन्दा बिचमा मानिस मात्रै ओहोरदोहोर गर्न मिल्ने संरचना बनाउने विकल्पबारे सोच्नुपर्ने बताउँछन् ।

अस्पतालका एक कर्मचारीका अनुसार नवनिर्मित भवनमा थुप्रै प्राविधिक त्रुटी छन् । नवनिर्मित भवनको माथिल्लो तलाको छतमा लगाएको टायल्स ठेकेदार कम्पनीले हस्तान्तरण गरिसकेपछि फुटाएर अर्को लगाइएको थियो । भवन भित्र सिलिङ पंखा पनि अवैज्ञानिक तरिकाले जडान गरिएको कर्मचारीको भनाइ छ । अमेरिकी दूतावासका एक कर्मचारीका अनुसार सुरुमा यो भवन निर्माणका लागि ६ करोडको बजेट थियो । तर, पछि संरचना हेरफेर लगायतका कारण निर्माण सम्पन्न गर्न करिब १६ करोड रुपैयाँ खर्च भएको थियो । क्रियटिभ बिलडर्स कन्सर्न कम्पनीले पाँच वर्ष लगाएर बर्थिङ सेन्टर निर्माण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर
माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ