सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५९ पटक हेरिएको
Shares
पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु

सारांश

  • गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार एसईई दिन सोही गाउँपालिका-४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।

 

१३ चैत, गोरखा ।

गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसईई दिन सोही गाउँपालिका-४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।

साँझ करिब साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बूढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘खबर पाउन साथ इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको खोजतलासमा गरेको थियो ।’ खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?