सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,

सारांश

  • सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ।
  • हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो।

१० मंसिर, सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो।  सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो। चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारमा झरेको थियो। आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ