बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते

सारांश

  • बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खस गाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं.
  • ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो ।
  • दुर्घटनामा गम्भीर घाइते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

२१ चैत,  बागलुङ –

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खस गाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दा खेतका २२ वर्षीय राजन विक, वडा नं. ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ वर्षीय अशोक बोहरा घाइतेको जिप्रका बागलुङका डिएसपी यादवले जानकारी दिनुभयो । घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि एक सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै