चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
६९ पटक हेरिएको
Shares
चक्रघट्टालाई पनि अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण

सारांश

  • जापान सरकारको सहयोगमा भोलेन्टियर क्रोप्स नेपालमार्फत चक्रघट्टा गाउँपालिकालाई अत्याधुनिक दमकल (बारुणयन्त्र) हस्तान्तरण गरिएको छ।
  • उक्त बारुणयन्त्र संस्थाका ग्लोबल गुडविल एम्बेसडर तथा चर्चित सामाजिक अभियन्ता सरोज रायको विशेष पहलमा गाउँपालिकालाई प्रदान गरिएको हो।
  • पूर्व राजदूत एवं जसपा नेपालका केन्द्रीय सल्लाहकार समितिका संयोजक डा.

 

सर्लाही । जापान सरकारको सहयोगमा भोलेन्टियर क्रोप्स नेपालमार्फत चक्रघट्टा गाउँपालिकालाई अत्याधुनिक दमकल (बारुणयन्त्र) हस्तान्तरण गरिएको छ।

उक्त बारुणयन्त्र संस्थाका ग्लोबल गुडविल एम्बेसडर तथा चर्चित सामाजिक अभियन्ता सरोज रायको विशेष पहलमा गाउँपालिकालाई प्रदान गरिएको हो। पूर्व राजदूत एवं जसपा नेपालका केन्द्रीय सल्लाहकार समितिका संयोजक डा. रामस्वार्थ रायको प्रमुख आतिथ्यतामा उक्त बारुणयन्त्र गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले जापान सरकार र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै बारुणयन्त्र प्राप्त भएसँगै अब जीउधनको सुरक्षा सुनिश्चित भएको बताउनुभयो। उहाँले दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत रामबाबु प्रसाद कुशवाहाले बारुणयन्त्र सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिलाई तालिम दिइ सुख्खा मौसममा हुने आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गत शनिवार मात्रै बरहथवा नगरपालिकालाई पनि बारुणयन्त्र हस्तान्तरण गरिएको थियो। यससँगै जिल्लाका बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकामा दमकलको अभावले आगलागी तथा अन्य विपद्का घटनामा ठूलो क्षति भोग्दै आएका स्थानीय बासिन्दाले अब राहत अनुभूति गर्ने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?